काठमाडौँ । कामना सेवा विकास बैंकले आगामी असोज २४ गते साधारण सभा बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो।
सभामा बैंकले ५ वटा सामान्य र ४ वटा विशेष प्रस्ताव पेश गर्ने जनाएको छ।
प्रस्तावअनुसार, आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ५.७८ प्रतिशत अर्थात करसहित २० करोड ३२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागिएको छ। साथै, चुक्ता पुँजीको १० प्रतिशत अर्थात ३५ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर पनि दिने प्रस्ताव पेस गरिनेछ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ छ। गत वर्ष भने बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो।
साधारण सभामा संस्थापक सेयरधनी तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनी तर्फबाट ३ जना सञ्चालक चयन गरिने पनि बैंकले जनाएको छ।































