National life

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० असोज २०८२, बिहिबार
1.3kShares
कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा
ncell

कामना सेवा विकास बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले असोज २४ गतेको साधारण सभाबाट पारित गरेको ५.७८९५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा असोज २६ गतेदेखि जम्मा गरेको हो ।

हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।

सो हितग्राही खातामा बैंक खाता नम्बर निज सेयरधनी स्वयंमकै नामको हुनुपर्ने तथा सो खाता नेपाल क्लियरिङ्ग हाउस लिमिटेड अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थाको हुनुपर्नेछ ।

Royal Enfield
nic asia capital

साथै, बैंक खातामा निजको नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोर्नु पर्ने समेत बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?