काठमाडौँ। संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको ९७ हजार ९३९ कित्ता सेयर कामना सेवा विकास बैंक लिमिटेडले बिक्रीमा राखेको छ ।
बैंकले आज एक सूचना जारी गरी संस्थापक शेयर धनीहरूका लागि उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ। यो सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
त्यस्तै संस्थापक शेयर धनीले आवश्यक कागज प्रमाण संलग्न गरी ज्ञानेश्वर काठमाण्डौमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सेयर गर्न चाहेको सेयरको सङ्ख्या र दर खुलाई आवेदन दिन सकिने बैंकले जनाएको छ ।
त्यसको साथै तोकिएको समय सीमाभित्र कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बेंकले जानकारी दिएको छ ।































