National life
cg eloctronics

कामना सेवा विकास बैंकले मार्‍यो छलाङ,सबै वित्तीय सूचकमा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
430Shares
कामना सेवा विकास बैंकले मार्‍यो छलाङ,सबै वित्तीय सूचकमा वृद्धि
ncell

काठमाडौँ । कामना सेवा विकास बैंकले वितरणयोग्य नाफा बढाएको छ । नाफा ३ गुणाले बढेको हो ।

गत वर्ष चैत मसान्तमा आठ करोड रुपैयाँमा सीमित वितरणयोग्य नाफा यसपालि एकै पटक २८ करोड ७३ लाख रुपैयाँ पुगेको देखिन्छ। हाल तीन अर्ब २८ करोड चुक्ता पुँजी भएको बैंकको एक अर्ब ४० करोड रुपैयाँ रिजर्भ राख्दै निक्षेप ५७ अर्ब २७ करोड रुपैयाँ बनाउन सफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको आफ्नो लागत घटेको बेला स्डेड ४.५९ प्रतिशत रहेको विवरण सार्वजनिक गरेको छ । ०८० चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ०७९ चैत मसान्तमा ८ करोड रुपैयाँ रहेको थियो ।

गत वर्षको चैतमा लाभांश क्षमता ३.४१ प्रतिशत मात्रै थियो । ३ अर्ब २८ करोड चुक्ता पुँजी भएको बैंकको १ अर्ब ४० करोड रुपैयाँ रिजर्भ छ । एक वर्षको अवधिमा बैंकको निक्षेप ३ अर्ब ८० करोडले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने कर्जा १ अर्ब ५० करोड रुपैयाँले बढेर ४५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

यता निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा बैंकको खुद ब्याज आम्दानी  घटेको गएको छ । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी जम्मा ७ करोड रुपैयाँले घटेको छ ।

यो अवधिमा बैंकको कुल निष्क्रिय कर्जा केही बढेको छ भने खुद निष्क्रिय कर्जा केही घटेको छ। ०७९ चैतमा ३.२७ प्रतिशत रहेको निष्क्रिय कर्जा ०८० चैतमा केही बढेर ३.५५ प्रतिशतमा पुगेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?