काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ व्याजदर सार्वजनिक गरेको छ । जस अनुसार बैंकले असोज महिनाको तुलनामा कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाएको छ।
बैंकका अनुसार व्यक्तिगत निक्षेपमा तीन महिनादेखि माथि र छ महिनाभन्दा मुनिका अवधिका लागि २.७५ प्रतिशत, छ महिनादेखि १२ महिनाभन्दा मुनिका लागि ३ प्रतिशत, १२ महिनाका लागि ३.३० प्रतिशत, १२ देखि २४ महिनाका लागि ३.५० प्रतिशत, २४ देखि ६० महिनाभन्दा मुनिका लागि ४ प्रतिशत, र ६० महिनाभन्दा माथिका लागि ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।
संस्थागत निक्षेपका लागि भने छ महिनादेखि ३६ महिनासम्म २.७५ प्रतिशत, ३६ देखि ६० महिनाभन्दा मुनिका लागि ३ प्रतिशत, र ६० महिनाभन्दा माथिका लागि ४.५० प्रतिशत ब्याजदर तोकिएको छ। त्यस्तै, बैंकले साथी बचत खातामा ३.२५ प्रतिशत र अन्य बचत खातामा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
यसअघि असोज महिनामा बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागत निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर लागू गरेको थियो। कात्तिक महिनाको नयाँ दरले बैंकको निक्षेप आकर्षण रणनीति केही संयमित दिशामा गएको संकेत गरेको विश्लेषण गरिएको छ।
































