National life
cg eloctronics

कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
419Shares
कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?
muktinatha bikash bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । वैशाख महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.११ प्रतिशत ब्याजदर पाउने छन् । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.५१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना अवधिका लागि ६.५१ प्रतिशत,६ महिनादेखि १ वर्ष अवधिका लागि ७ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७.११ प्रतिशत ब्याजदर पाउनेछन् ।

everest bank

त्यस्तै संस्थागत तर्फ चैत महिनामा अधिकतम ६.५१ प्रतिशत ब्याजदर पाएका बैंकका संस्थागत ग्राहकले वैशाख महिनामा भने अधिकतम ६.२६ प्रतिशत ब्याजदर पाउने छन् । संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा ६.१६ प्रतिशत र १ वर्षभन्दा माथिको अवधिका लागि भने ६.२६१ प्रतिशत ब्याजदर पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?