National life

कुमारी बैंकको लाभांश नबाँड्ने निर्णय, पूँजी सुदृढीकरणमा जोड

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२७ कात्तिक २०८२, बिहिबार
1.4kShares
कुमारी बैंकको लाभांश नबाँड्ने निर्णय, पूँजी सुदृढीकरणमा जोड
ncell

काठमाडौँ । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले चालु वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कात्तिक २६ गते बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सो विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत गरेको छ।

लाभांश नबाँड्ने निर्णयलाई बैंकले दीर्घकालीन पूँजी सुदृढीकरण र आगामी वर्षहरूमा स्थायित्वपूर्ण वृद्धिलाई प्राथमिकता दिने रणनीतिसँग जोडेको छ। बैंकका अनुसार हाल पूँजी आधार बलियो बनाउँदै आगामी विस्तार योजनालाई सहज बनाउन ध्यान केन्द्रित गरिएको छ।

Royal Enfield
nic asia capital

कुमारी बैंकको हाल चुक्तापूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ पुगेको छ। यसले बैंकलाई आगामी आर्थिक वर्षहरूमा ऋण लगानी, प्रविधि सुधार तथा नयाँ वित्तीय सेवाहरू विस्तार गर्न थप सहजता प्रदान गर्ने बैंकको विश्वास छ।

हाल कुमारी बैंकले डिजिटल सेवा विस्तार, ग्राहकमैत्री नवप्रवर्तन र वित्तीय समावेशीताको क्षेत्रमा निरन्तर लगानी गरिरहेको छ। लाभांश वितरण नगरे पनि बैंकले सुदृढ वित्तीय स्थिति र भविष्यमुखी रणनीतिबाट शेयरधनी मूल्य दीर्घकालीन रूपमा वृद्धिमुखी बनाउने उद्देश्य लिएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?