National life

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
435Shares
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आज कात्तिक १३ गतेबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आइपुग्ने गरी खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई आवेदन दिनुपर्नेछ ।

Royal Enfield
nic asia capital

शेयर भाउ भने बिक्रेताले तोकोबमोजिम हुने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?