National life

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुटसम्बन्धी समझदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
459Shares
कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुटसम्बन्धी समझदारी
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ मेडिकल कर्पोरेशन लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ। अब कुमारी बैंकका ग्राहकहरूले उक्त अस्पतालमा उपचार गराउँदा अधिकतम १० प्रतिशतसम्म छुट पाउने छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले इनपेशेन्ट (भर्ना भई उपचार लिने) र आउटपेशेन्ट (बाहिरी सेवा) दुवै सेवामा छुटको लाभ लिन सक्नेछन्।

२४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्यलाई संस्थागत प्राथमिकतामा राख्दै विभिन्न अस्पतालहरूसँग सहकार्य गर्दै आएको छ।

Royal Enfield
nic asia capital
हाल बैंकले देशभर ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै, बैंकले स्वदेश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग साझेदारी गर्दै आएको छ । बैंकले समयअनुसार सेवामा सुधार ल्याउने र थप सुविधा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?