National life

कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा ४ लाख सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ जेठ २०८१, बुधबार
371Shares
कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा  ४ लाख सहयोग
ncell

बिगत समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय विकास गरे संगै, मानवीय जीवनलाई निकै सकारात्मक प्रभाव पारेको छ । यस विकासलाई आधार बनाएर कयौं मनिस र संस्थाहरुले समाजको हितका लागि कदम बडाएर आफ्नो लक्ष्यलाई पुरा गर्न सफल पनि भएका छन् र त्यस कार्यको एक उत्कृष्ट उदाहरण रहेको छ; ई–नेबल नेपाल (e-Nable Nepal) । सन २०१८ सालमा स्थापना भएको यस संस्था, बिगत ६ बर्ष देखी 3D प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हात (prosthetic hand) को उत्पादन गरि समाजमा रहेका आर्थिक रुपमा कम्जोर अपाङ्गता भएका बालबालिकाहारुलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ ।

जन्मजात अपाङ्गता भएका लगायत विभिन्न कारणले आफ्नो हात/अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्ने मुल नाराका साथ आघी बडेको यस गैर सरकारी, गैर नाफा मुलक संस्था अहिलेको समयमा लग्भाग १०० वटा भन्दा बडि देशहरूमा कार्यरत छ भने आहिले सम्म नेपालमै कयौं बालबालिकहारु माझ सहयोग पु¥याउन सफल भएको छ ।

अपाङ्गताका कारण कुनैपनी बालबालिकले समाजबाट भेदभाव भोग्नु नपरोस र एक सामान्य व्यक्ति सरि विभिन्न काम गर्न सक्षम भई समाजमा सम्मान रुपमा स्थापित गराउने इ–नेबल नेपालको यस पवित्र उद्देश्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि संगसगै उभिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालद्वारा इ–नेबल नेपालका अधक्ष्य सुरेन्द्र श्रेष्ठ र महासचिब दिनेश राज भण्डारीलाई बुधवारको दिन कम्पनीको प्रधान कार्यालयमा ४ लाखको चेक हस्तान्तरण गरिएको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको यस सहयोगले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने आपेक्षा कम्पनीले राखेको जनाएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हात (prosthetic hand) को उत्पादन गरि जन्मजात अथवा विभिन्न कारणले आफ्नो हात/अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्न रु. ४ लाखको चेक हस्तान्तरण गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
371SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?