National life

कोरोना बीमाको रकम छिट्टै भुक्तानी दिन्छौं- अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ साउन २०८१, शनिबार
519Shares
कोरोना बीमाको रकम छिट्टै भुक्तानी दिन्छौं- अर्थमन्त्री पौडेल
ncell

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोरोना बीमाको बाकी दावी भुक्तानी रकम छिट्टै उपलब्ध गराउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को कार्यसमितिसंग भेटमा मन्त्री पौडेलले कोरोना बीमितले आफ्नो दावी वापतको रकम निकट भविस्यमै प्राप्त गर्ने बताएका हुन् ।

“कोरोना बीमितले आफ्नो दावी वापतको रकम छिट्टै पाउनु हुनेछ, त्यसबारे अर्थ मन्त्रालय छिट्टै निष्कर्षमा पुग्दैछ ।”, मन्त्री पौडेलले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोरोना बीमाका कारण सर्वसाधरण व्यक्तिको बीमाप्रतिको धारणा नै नकारात्मक हुनेगरी आलोचना भएको भन्दै उपयुक्त निष्कर्षमा पुग्ने मन्त्री पौडेलले बताएका हुन् ।

उनले कोरोना बीमाको बाकी दायित्व कस्ले कसरी ब्यहोर्ने भन्ने बारे नेपाल बीमा प्राधिकरणसंग घनिभुत छ्लफल भैरहेको जानकारी पनि दिए । “कोरोना बीमाको भुक्तानी कसरी गर्ने भन्नेबारे बीमा प्राधिकरणले विभिन्न विकल्प दिएको छ, हामी उपयुुक्त विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौँ ।”, मन्त्री पौडेलले भने ।

सरकारी कर्मचारीहरुको कोरोना बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी मार्फत गरिएको छ ।त्यस बाहेक सरकारले बजेट वक्तव्य मार्फत बीमा पोलिसी खरिदमै प्रीमियम सहुलियतको रकम समेत उपलब्ध गराएको छैन ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको अर्थमन्त्री पौडेलको भनाई छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?