National life

क्यासिनोदेखि खाजाघरसम्म जुवा धन्दा, प्रहरीले गर्‍यो धरपकड

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.2kShares
क्यासिनोदेखि खाजाघरसम्म जुवा धन्दा, प्रहरीले गर्‍यो धरपकड
ncell

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर–१० मा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूबाट ९५ हजार ५०० रुपैयाँ नगद, ५० थान क्यासिनो क्वाइन र १७ वटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, पोखरा महानगरपालिका–१३ काहुँखोलामा रहेको एक खाजाघरबाट पनि जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई नगद ७७ हजार १८० रुपैयाँ र ८९९ पत्ती ताससहित नियन्त्रणमा लिएको हो।

दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?