National life

क्रिटिकल इलनेस पहिचान गर्न बीमितहरुलाई सास्ती,धेरै रोग वर्गिकृत हुँदा समस्या

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
477Shares
क्रिटिकल इलनेस पहिचान गर्न बीमितहरुलाई सास्ती,धेरै रोग वर्गिकृत हुँदा समस्या
ncell

काठमाडौं । अहिले बीमालेखहरुको भीडमा स्वास्थ्यसँग सम्बन्धित बीमाको अस्थित्वमा केही समस्या देखिएको छ । विभिन्न मोडेलमा स्वास्थ्य बीमाका योजनाहरु संचालन गरिए पनि त्यसबाट नागरिकहरुले पाउँने लाभ भने कम नै देखिन्छ । नागरिकहरुले बीमाको लाभ प्राप्त गर्ने भन्दा पनि नागरिकहरुमा दुविधा र अलमल बढ्दै गएको केही जीवन बीमा कम्पनीमा आवद्ध व्यक्तीहरु बताउँछन् ।

बीमा क्षेत्रमा लामो समयदेखि बीमा गराउँदै आएका कर्मचारीले भने साच्चै भन्नु पर्दा घातक रोग कुन हो भनेर पनि बीमित तथा नागरिकहरुलाई पहिचन गर्न कठिन हुने अवस्था सिर्जना भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुनै बीमा कम्पनीहरुले घातक रोगको बीमा भनेर जम्मा ७ वटा रोगहरु तोकेका छन् भने यहीबेलामा कतिपय कम्पनीहरुको घातक रोग ३८ वटासम्म पुगेको छ । यसरी हेर्दा अति जटील रोग सामान्य रोग बिचको अन्तर बीमा कम्पनीहरुले छुट्याउन नसक्दा भोलि निकट भविष्यामा त्यसको मारमा भने आम जनता नै पर्ने देखिन्छ । मुख्य अंगका रोगलाई घातक रोगको रुपमा राखेर अन्य रोगलाई घातक रोगको सूचीबाटै हटाउनु पर्ने देखिन्छ ।

हालसम्म अल्परत्तक्ता, सिक्कल सेल एनिमिया जस्ता पश्चिमी भेगमा दैनिक व्यक्तीहरु ग्रसित हुने रोगमा भने बीमा पुग्न नसकेको अवस्था छ । बीमा गर्ने भनेको बीमितहरुकै आवश्यकता हेरेर गर्नु पर्ने भएकाले यसमा बीमा कम्पनीहरु सजग हुन जरुरी रहेको रहेको सरोकारवालाहरु बताउँछन् ।

अहिले स्वास्थ्य बीमा निर्जीवन बीमा कम्पनीहरुले गर्दै आएका छन् भने त्यस्ता बीमालाई सापटीमा लिएर राईडर भन्ने नाममा जीवन बीमा कम्पनीहरुले पनि घातक रोगको बीमा गर्ने प्रावधान छ । त्यति मात्र नभएर नेपाल सरकार आफैले पनि स्वास्थ बीमा बोर्ड गठन गरेर स्वास्थ्य बीमा योजना संचालन गरिरहेको छ । यसरी त्रिपक्षी मोडेलबाट स्वाथ्य बीमामा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनीहरु तथा स्वास्थ्य बीमा बोर्डले काम गरि रहेको अवस्था छ । तर, ती कम्पनीहरुले के बीमालेख बेचेका छन् भन्ने र त्यसको प्रभावकारीको बारेमा भने थोरै मात्रै समिक्षा हुने गरेको पाइन्छ ।

त्यस्तै, सबैभन्दा समस्या त अहिले घातक रोगकै सन्दर्भमा देखिएको छ र त्यस्ता रोग लाग्दा व्यक्तीले पाउँने र सास्ती र आर्थिक क्षतीको कुरा त छँदैछ अब त्यसलाई बीमाले गर्ने जोखिम बहन र त्यसको प्रभावकारीतामै मुख्य समस्या देखिएको अवस्था रहेको बीमा क्षेत्रमा आवद्धहरु बताउँछन् ।

साथै, बीमा कम्पनीहरुले भने जता जोखिम कम छ वा धेरै बीमा हुने संख्या छ त्यता मात्रै व्यवसाय केन्द्रित गर्दै आएकोमा त्यसलाई सुधार गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?