National life

क्रेडिट कार्ड कर्जा नबुझाउने ६० ऋणीलाई सिद्धार्थ बैंकको १५ दिने सार्वजनिक सूचना

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१५ मंसिर २०८२, सोमबार
468Shares
क्रेडिट कार्ड कर्जा नबुझाउने ६० ऋणीलाई सिद्धार्थ बैंकको १५ दिने सार्वजनिक सूचना
ncell

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले क्रेडिट कार्ड कर्जा लिएका तर तोकिएका शर्तअनुसार रकम भुक्तानी नगरेका ऋणीहरूलाई सार्वजनिक रूपमा सचेत गराएको छ। बैंकका अनुसार क्रेडिट कार्ड कर्जा वापत बुझाउनुपर्ने मूलधन, ब्याज तथा अन्य शुल्क समयमै नबुझाइएपछि यो कदम चालिएको हो।

बैंकले मौखिक तथा लिखित रूपमा पटक–पटक सम्झाइरहेका सत्व ऋणीहरूले कर्जा फछ्यौट गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै बाध्य भएर सार्वजनिक सूचना जारी गरिएको स्पष्ट पारेको छ। बैंकले जारी गरेको सूचनाअनुसार, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बाँकी रहेको सम्पूर्ण कर्जा मूलधन, ब्याज, हर्जाना तथा अन्य सबै रकम एकमुष्ट बुझाउन ऋणीहरूलाई आग्रह गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्धारित समयभित्र रकम चुक्ता नगरेको खण्डमा, बैंकले नेपाल बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार ऋणीको सम्पत्तिमार्फत कर्जा असुल–उपर गर्ने अधिकार राख्ने चेतावनी पनि दिएको छ। यसबाहेक, कर्जा चुक्ता नगर्ने ऋणीहरूको नाम कर्जा सूचना केन्द्र (सीआईबी) को कालोसूचीमा समावेश गरिने भएकाले त्यसको दीर्घकालीन असर सावधानीपूर्वक विचार गर्न बैंकले आग्रह गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?