काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको जेठ २३ गते साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, वीरेन्द्रनगर९६, सुर्खेतमा विहान ११ बजे सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल हुनेछ । त्यस्तै, उक्त सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछ । कम्पनीले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने भएको छ । जेठ ८ गते बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।






































