National life

क्षतिग्रस्त संरचना पुनर्निर्माणमा गति, संकलित कोष ८ करोड बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०४ मंसिर २०८२, बिहिबार
478Shares
क्षतिग्रस्त संरचना पुनर्निर्माणमा गति, संकलित कोष ८ करोड बढी
ncell

काठमाडौँ  । भदौ २३ र २४ को प्रदर्शनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा हालसम्म ८ करोड ५४ लाख रुपैयाँ संकलन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। विभिन्न व्यावसायिक प्रतिष्ठान र संघ–संस्थाबाट प्राप्त योगदानले कोष विस्तार हुँदै गएको मन्त्रालयले जानकारी दिएको छ।

यसैक्रममा निर्माण व्यवसाय विकास परिषद्ले पनि परिषद् मातहतको निर्माण व्यवसायी कोषमार्फत एक करोड रुपैयाँ भौतिक पुनर्निर्माण कोषमा जम्मा गरेको छ। परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उक्त रकमको चेक सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन्।

Royal Enfield
nic asia capital

आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अर्थमन्त्रीको अध्यक्षतामा भौतिक पुनर्निर्माण समिति गठन गरिएको थियो। केही दिनअघि बसेको समिति बैठकले कोषमा संकलित रकम क्षतिग्रस्त संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार पार्ने, तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालनमा ल्याउने तथा आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनासम्बन्धी आवश्यक कार्यक्रम सञ्चालन गर्न उपयोग गरिने निर्णय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?