National life

नेपाल टेलिकमको खुद नाफा २ अर्ब ६३ करोड,रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
397Shares
नेपाल टेलिकमको खुद नाफा २ अर्ब ६३ करोड,रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ
ncell

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ३२.९७ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

Royal Enfield
nic asia capital
कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँमा सीमित भएको छ।

साथै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशतले घटेर २ अर्ब ३४ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ भने कुल आम्दानीमा ८.४० प्रतिशत गिरावट आएर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानीमा समेत गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ।

कम्पनीको बित्तीय खर्च ०.१९ प्रतिशतले घटेर ७ करोड ६७ लाखमा सीमित भएको छ। चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ।

यो समाचार शेयर गर्नुहोस्
397SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?