National life

माछापुच्छ्रे बैंकको नाफा ९.७५% ले बढ्यो, लाभांस क्षमता कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
484Shares
माछापुच्छ्रे बैंकको नाफा ९.७५% ले बढ्यो, लाभांस क्षमता कति ?
ncell

काठमाडौ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९.७५ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारको प्रभाव नाफामा देखिएको छ । असार मसान्तसम्म खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको संचालन नाफा ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड ८३ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ रहेको छ । बैंकको सेयधनीलाई लाभांश दिन सक्ने क्षमता १५.२९ प्रतिशत रहेको छ । बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४६ करोड ५२ लाख २९ हजार रुपैयाँ छ ।

असार मसान्तसम्म १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?