National life

गभर्नर अधिकारीले रिट खारेजको माग राख्दै सर्वोच्चलाई पठाए १३ पृष्ठको जवाफ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
544Shares
गभर्नर अधिकारीले रिट खारेजको माग राख्दै सर्वोच्चलाई पठाए १३ पृष्ठको जवाफ
ncell

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा.महाप्रसाद अधिकारीले शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटको जवाफ फर्काएका छन् ।

गभर्नर अधिकारीले सर्वोच्च अदालत समक्ष १३ पृष्ठ लामो जवाफ फर्काएका छन्। उनले रिट निवेदन खारेज गरी पाउँभन्दै जवाफ पठाएका हुन् । उनको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता त्रय दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले उक्त रिट दर्ता गरेका थिए ।

Royal Enfield
nic asia capital

रिटमा गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा बुझाएको व्यक्तिगत विवरण ९बायोडाटा० मा स्नातक तह मात्रै पास भएको पेश गरेको जिकिर छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । उनलाई गत पुस २६ गते १५ दिनभित्र अर्थात् माघ ११ गतेभित्र लिखित जवाफ दिन सर्वोच्चले पत्र पठाएको थियो । तर, स्वास्थ्यमा समस्या आएको भन्दै उनले ढिला गरी जवाफ पठाएका छन् ।

यता, गभर्नर अधिकारीले भने चार्टर्ड एकाउन्ट्सीको योग्यतालाई व्यवस्थापन सङ्कायमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको आधारमा कानुन बमोजिम चार्टर्ड एकाउन्टेन्सी तहको डिग्रीलाई त्रिभुवन विश्वविद्यालयले एमकम (मास्टर्स अफ कमर्स) तहको शैक्षिक योग्यता भनी प्रमाणपत्र जारी गरेको दाबी गरेका छन् ।

सो स्नातकोत्तर स्तरको एमकम डिग्री व्यवस्थापन संकाय अन्तर्गतको डिग्री रहेको भनी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको पत्रबाट प्रमाणित भएको उनको जवाफमा उल्लेख छ। साथै, सोही प्रमाणपत्रका आधारमा चार्टर्ड एकाउन्टेन्सी व्यवस्थापन तहको मास्टर्स डिग्री भएको कारण नै भारतको नोयडास्थित एमआइटी विश्वविद्यालयमा व्यवस्थापनतर्फ विद्यावारिधि(पिएचडी)का लागि भर्ना भएको जवाफमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?