National life

गभर्नर पौडेलको भाडाको आवासका लागि राष्ट्र बैंकले आवेदन दिने म्याद थप

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.1kShares
गभर्नर पौडेलको भाडाको आवासका लागि राष्ट्र बैंकले आवेदन दिने म्याद थप
ncell

काठमाडौँ : नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडामा लिन लागिएको आवाससम्बन्धी आवेदन दिने म्याद थप गरेको छ। सोमबार जारी सूचनाअनुसार आवेदन दिने समय कात्तिक १६ गतेसम्म लम्ब्याइएको हो।

गभर्नर पौडेलका चितवन र ललितपुर भैंसेपाटीस्थित निवासहरू जेनजी आन्दोलनको क्रममा आगजनीमा परेपछि राष्ट्र बैंकले गत असोज १२ गते नयाँ घर भाडामा लिन सूचना प्रकाशित गरेको थियो। सुरुमा आवेदन दिने म्याद असोज २७ गते तोकिएको थियो।

Royal Enfield
nic asia capital

नयाँ सूचनाअनुसार, ललितपुरको बखुन्डोलदेखि भैंसेपाटी क्षेत्रभित्र पर्ने १६–२४ आना जग्गामा बनेको आरसीसी संरचना युक्त घर भाडामा लिन खोजिएको छ। घरमा कम्तीमा १,००० वर्गफुट क्षेत्रफल, एउटा मास्टर बेडरुमसहित चार वटा बेडरुम, लिभिङ र डाइनिङ हल, किचन, स्टोररुम तथा सुरक्षाकर्मीका लागि छुट्टै भवन अनिवार्य रहेको उल्लेख गरिएको छ।

साथै, कम्तीमा छ वटा सवारीसाधन पार्किङको व्यवस्था, सुरक्षित कम्पाउन्डवाल, कालोपत्रे सडकसँग सम्पर्क, बिजुली, ढल निकास र खानेपानीको पूर्वाधार जस्ता सुविधा पनि आवश्यक गरिएका छन्। राष्ट्र बैंकले इच्छुक घरधनी तथा एजेन्टहरूलाई तोकिएको मापदण्डअनुसार आवेदन पेश गर्न आह्वान गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?