National life

गार्डियान माइक्रो लाईफले २२.५० लाख कित्ता आईपीओ जारी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ साउन २०८१, मङ्गलबार
493Shares
गार्डियान माइक्रो लाईफले २२.५० लाख कित्ता आईपीओ जारी गर्ने
ncell

काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ खरिद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लाई नियुक्त गरेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त गरी लगानी व्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?