National life

ग्रिन डेभलपमेन्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन, ईपीएस कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ साउन २०८२, आइतबार
681Shares
ग्रिन डेभलपमेन्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन, ईपीएस कति ?
ncell

काठमाडौँ। ग्रिन डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको छ ।

बैंकले जारी गरेको वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ७९.५३ प्रतिशतले बढेको छ। बैंकले यस अवधिसम्म बैंकले ६ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले ३ करोड ८६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ६ लाख ७ हजार रुपैयाँ रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १०.६७ प्रतिशत छ।

यता, बैंकको रिटेन्ड अर्निङ ३ करोड ७९ लाख रुपैयाँबाट बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ५ करोड १६ लाखबाट बढेर ६ करोड ५१ लाख पुगेको छ । यस अवधिमा ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको बैंकले ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

चौथो त्रैमाससम्म बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ। अघिल्लो आवसम्म २ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ६८लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ।

यस्तै बैंकको खराब कर्जा अनुपात ३.३३ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी १२.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२२.०७ गुणा कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?