National life

ग्लोबल आइएमईले बढायो संस्थागत निक्षेपको ब्याज,व्यक्तिगत तर्फ स्थिर

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३१ असोज २०८२, शुक्रबार
1KShares
ग्लोबल आइएमईले बढायो संस्थागत निक्षेपको ब्याज,व्यक्तिगत तर्फ स्थिर
ncell

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ ब्याजदर दरहरू सार्वजनिक गरेको छ। बैंकले यस महिनामा व्यक्तिगत निक्षेपमा ब्याजदर स्थिर राखेको छ भने संस्थागत निक्षेपमा वृद्धि गरेको जनाएको छ।

बैंकका अनुसार, कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरिएको छ, जुन असोज महिनामा जस्तै हो। तर, संस्थागत निक्षेपतर्फ ब्याजदर बढाएर अधिकतम ४.२५ प्रतिशत पुर्‍याइएको छ।

Royal Enfield
nic asia capital
असोज महिनामा संस्थागत निक्षेपमा अधिकतम ३.२५ प्रतिशत मात्र ब्याजदर तोकिएको थियो।

बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपमा अवधिअनुसार ब्याजदर यसरी निर्धारण गरेको छः

३ देखि ६ महिना तलका लागि — ३.५० प्रतिशत

६ महिना देखि १ वर्ष तलका लागि — ३.७५ प्रतिशत

१ वर्षदेखि २ वर्ष तलका लागि — ४.५० प्रतिशत

२ वर्षदेखि ३ वर्ष तलका लागि — ५.५० प्रतिशत

३ वर्ष वा सोभन्दा माथिका लागि — ६ प्रतिशत

संस्थागत निक्षेपकर्ताका लागि भने बैंकले यसरी ब्याजदर तोकेको छः

६ महिना देखि १ वर्ष तलका लागि — २.७५ प्रतिशत

१ वर्षदेखि २ वर्ष तलका लागि — ३ प्रतिशत

३ वर्ष वा सोभन्दा माथिका लागि — ४.२५ प्रतिशत

बैंकले निक्षेप ब्याजदर समायोजनलाई तरलता स्थिति र बजार प्रतिस्पर्धाको सन्तुलनका लागि गरिएको कदम भनेको छ। कात्तिक महिनामा अधिकांश बैंकहरूले ब्याजदरमा साना परिवर्तन गर्दै निक्षेप आकर्षण रणनीति पुनःसंयोजन गरिरहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?