काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको लागि १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न घोषणा गरेको ८ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नका लागि सभा बोलाएको हो।
साधारण सभा कात्तिक २६ गते, बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। सभाले नगद लाभांश वितरणको प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि कात्तिक १६ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ।
यसअनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
































