National life

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असोज २०८०, बिहिबार
449Shares
ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मीको मुसीकोट नगरपालिका–५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिका प्रमुख जीवलाल खरेल जीवनले गरेका छन् ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

https://aarthikvoice.com/archives/13035

Royal Enfield
nic asia capital

एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्नेलगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुनेछन् ।

सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका–५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ र रेमिट्यान्ससम्बन्धी वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?