National life

चाँदी आयातमा राष्ट्र बैंकको नयाँ सुविधा, उद्योगलाई २० लाख डलरसम्म सटही

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१४ पुस २०८२, सोमबार
1.1kShares
चाँदी आयातमा राष्ट्र बैंकको नयाँ सुविधा, उद्योगलाई २० लाख डलरसम्म सटही
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग तथा व्यवसायीहरूका लागि विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा नयाँ सुविधा थप गरेको छ। संशोधित व्यवस्थाअनुसार महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगहरूले अमेरिकी डलर २० लाखसम्म र अन्य व्यवसायीहरूले अमेरिकी डलर ४ लाखसम्म विदेशी मुद्रा सटही सुविधा पाउनेछन्।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै चाँदी आयातको भुक्तानी सीमा र प्रक्रिया परिमार्जन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससम्बन्धी परिपत्र आइतबार जारी गर्दै वाणिज्य बैंकहरूलाई कार्यान्वयनका लागि निर्देशन दिइएको छ।

राष्ट्र बैंकका अनुसार नियमित रूपमा पटक पटक आयात नगरी महिनामा एकपटक मात्रै चाँदी आयात गर्ने उद्योग तथा व्यवसायीलाई लक्षित गरी सटही सीमा तोकिएको हो। यसले चाँदी आयात प्रक्रियामा देखिँदै आएको जटिलता घटाउने तथा बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्न सहज वातावरण बनाउने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाबाट चाँदी व्यवसायमा संलग्न उद्योग तथा व्यवसायीलाई कच्चा पदार्थ आयातमा सहजीकरण हुने राष्ट्र बैंकको विश्वास छ। साथै, वैदेशिक मुद्रा व्यवस्थापनलाई व्यवस्थित राख्दै वास्तविक व्यवसायिक आवश्यकताअनुसार सटही सुविधा उपलब्ध गराउने उद्देश्यसमेत यसबाट पूरा हुने जनाएको छ।








nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?