National life

चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने , प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असार २०८२, सोमबार
978Shares
चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने , प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै
ncell

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन्। फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए।

यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए। गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।

Royal Enfield
nic asia capital

मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो।

यो समाचार शेयर गर्नुहोस्
978SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?