काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा वाणिज्य बैंकहरूको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार संचालनमा रहेका २० वाणिज्य बैंकले साउनदेखि कार्तिकसम्म कुल १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको २२ अर्ब २९ करोड रुपैयाँ नाफाभन्दा १३.११ प्रतिशत कम हो।
उता, सिटिजन्स बैंकको नाफा सबैभन्दा कमी रहेको छ। बैंकले चार महिनामा जम्मा १ करोड ६४ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। कृषि विकास बैंकले भने ७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। वितरण गर्न बाँकी (अपरिस्कृत) खुद नाफाको वृद्धि–घट्दो अवस्थाले पनि बैंकिङ क्षेत्रको दबाब झल्काउँछ। २०८१ कार्तिक र २०८२ कार्तिक बीचको तुलनामा १५ वटा बैंकको नाफा घटेको देखिन्छ।
सबैभन्दा धेरै सिटिजन्स बैंकको नाफा ९६.२५ प्रतिशतले घटेको छ। त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६५.३५ प्रतिशत, र लक्ष्मी सनराइज बैंकको नाफा ४१.२६ प्रतिशतले घटेको छ। यद्यपि सबै बैंकको अवस्था नकारात्मक छैन। सोही अवधिमा कृषि विकास बैंकको अपरिस्कृत नाफा १३२.९० प्रतिशतले वृद्धि भएको छ, जुन सबैभन्दा उच्च हो।
वाणिज्य बैंकहरूको कार्तिकसम्मको खुद नाफा तुलना
(रकम: मिलियन रुपैयाँमा)







































