National life

चार महिनामै वीरगञ्ज नाकाबाट ५ अर्ब ८९ करोडका खाद्यवस्तु आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१६ मंसिर २०८२, मङ्गलबार
608Shares
चार महिनामै वीरगञ्ज नाकाबाट ५ अर्ब ८९ करोडका खाद्यवस्तु आयात
ncell

काठमाडौं। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच अर्ब ८९ करोड रुपैयाँ बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब २४ करोड रुपैयाँले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार खाद्य आयातमा सबैभन्दा ठूलो हिस्सा मकै र धानले ओगटेका छन्। सो अवधिमा मात्र दुई अर्ब २९ करोड रुपैयाँ बराबरका चार करोड २१ लाख ८६ हजार १११ किलो मकै भित्रिएको छ भने दुई अर्ब एक करोड रुपैयाँ बराबरका पाँच करोड ४० लाख ४५ हजार ४१३ किलो धान आयात भएको छ।

यस्तै, एक अर्ब छ करोड रुपैयाँ मूल्य बराबरका एक करोड नौ लाख ४४ हजार ५६० किलो चामल समेत आयात गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भन्सार कार्यालयका अनुसार माग, उत्पादनको उतारचढाव र बजार आपूर्तिका कारण यी खाद्यवस्तुको आयात परिमाण र मूल्य दुवै बढेको देखिन्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?