National life

चालु आवको दुई महिनामा निर्यात ८८.६ % वृद्धि, व्यापार घाटा बढेर २५८ अर्ब नजिक

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
983Shares
चालु आवको दुई महिनामा निर्यात ८८.६ % वृद्धि, व्यापार घाटा बढेर २५८ अर्ब नजिक
ncell

काठमाडौँ  । आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालका कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो।

Royal Enfield
nic asia capital

गन्तव्य मुलुकका आधारमा, भारततर्फको निर्यात १३९.९ प्रतिशत, अन्य मुलुकतर्फ ०.४ प्रतिशत वृद्धि भएको छ, भने चीनतर्फको निर्यात ५८.५ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा, भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, चाउचाउ जस्ता वस्तुहरूको निर्यात बढेको छ। त्यस्तै, जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुहरूको निर्यात घटेको छ।

त्यसैगरी, आर्थिक वर्षको पहिलो दुई महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई रु ३०५ अर्ब १६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात १.१ प्रतिशतले वृद्धि भएको थियो। आयात हुने मुलुकका आधारमा, भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ८.० प्रतिशत, २५.१ प्रतिशत र ३३.४ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा, भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, हवाइजहाज स्पेयर पार्टस्, दूरसञ्चार उपकरणको आयात बढेको छ।

तर, हट रोल्ड शिट इन क्वाइल, खाने तेल, तयारी पोसाक, तेलहन, लसुन जस्ता वस्तुहरूको आयात घटेको छ। यो अवधिमा कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले वृद्धि भई रु २५७ अर्ब ८४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटामा १.८ प्रतिशतले वृद्धि भएको थियो। निर्यात-आयात अनुपात समीक्षा अवधिमा १५.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९.६ प्रतिशतको तुलना धेरै उच्च हो।

समीक्षा अवधिमा भारतबाट रु २७ अर्ब ७५ करोड बराबरको वस्तु आयात विदेशी मुद्रा भुक्तानीमार्फत गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा भारतबाट आयात रु २९ अर्ब ९३ करोड बराबरको थियो।

यो समाचार शेयर गर्नुहोस्
983SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?