National life

चीनको कम्पनीसँग सम्झौता, राष्ट्र बैंकले नयाँ नोटको डिजाइन र छपाइका लागि १.४७ अर्ब खर्च गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ कात्तिक २०८२, बुधबार
1.1kShares
चीनको कम्पनीसँग सम्झौता, राष्ट्र बैंकले नयाँ नोटको डिजाइन र छपाइका लागि १.४७ अर्ब खर्च गर्ने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रूपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता गरेको छ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार उक्त सम्झौता २०८२ कार्तिक २५ गते (११ नोभेम्बर २०२५) मा सम्पन्न भएको हो। सम्झौताअनुसार कम्पनीले नयाँ नोटको डिजाइन, छपाइ र आपूर्तिको सम्पूर्ण जिम्मेवारी लिनेछ।

राष्ट्र बैंकले जानकारी दिए अनुसार, नोट छपाइ तथा आपूर्तिका लागि उक्त कम्पनीलाई १ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइनेछ।

Royal Enfield
nic asia capital

यसअघि, राष्ट्र बैंकले २०८२ साउन ९ गते (२५ जुलाई २०२५) मा राइजिङ नेपाल दैनिक र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो। प्राप्त प्रस्तावहरूमध्ये न्यूनतम मूल्याङ्कन प्राप्त र प्रभावकारी ठहरिएको कारण सोही चिनियाँ कम्पनीलाई चयन गरिएको हो।

सम्झौता सार्वजनिक खरिद नियमावली, २०६४ (चौधौँ संशोधन, २०८२) को दफा १३७ तथा नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ सम्म संशोधित) को दफा ५४ बमोजिम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?