National life

चुनौतीबिच विकास बैंकको नाफामा सुधारको संकेत, कुन बैंकले कति कमाए ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1.3kShares
चुनौतीबिच विकास बैंकको नाफामा सुधारको संकेत, कुन बैंकले कति कमाए ? 
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफामा भारी गिरावट आएको छ। बैंकहरूले प्रकाशित गरेका वित्तीय विवरण अनुसार, यस अवधिमा विकास बैंकहरूको कुल खुद नाफा ४५.२० प्रतिशतले घटेको हो।

गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमाससम्ममा १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकहरूले चालु वर्षको सोही अवधिमा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ मात्र नाफा कमाएका छन्।

Royal Enfield
nic asia capital

यस अवधिमा कुल सात राष्ट्रिय विकास बैंकमध्ये चार बैंकको नाफा घटेको छ भने बाकी तीन बैंकले मात्रै सुधार देखाएका छन्। तीमध्ये लुम्बिनी विकास बैंकको नाफा ऋणात्मक रहँदा, अन्य केही बैंकहरूले सीमित सुधार गर्न सकेका छन्।

सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले तीन महिनाको अवधिमा आफ्नो नाफा ११ प्रतिशतले बढाएर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ पुर्‍याएको हो।

दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले भने नाफामा गिरावट व्यहोरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको नाफा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजार रुपैयाँमा पुगेको हो।

त्यस्तै, शाइन रेसुङ्गा विकास बैंकको नाफा पनि १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो।

उता, कामना सेवा विकास बैंकको नाफा १२.९२ प्रतिशतले बढेर १९ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकले ३.४२ प्रतिशतले वृद्धि गर्दै ९ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

सर्वाधिक नाफा वृद्धिको दरमा भने सांग्रिला विकास बैंक अगाडि रहेको छ। बैंकले आफ्नो नाफा ४६.५८ प्रतिशतले बढाएर ८ करोड ८२ लाख रुपैयाँ पुर्‍याएको छ।

यता, ज्योति विकास बैंकले भने ५३ प्रतिशत नाफा घटाउँदै ७ करोड ३ लाख रुपैयाँमा सीमित गरेको छ। तर, सबैभन्दा कमजोर प्रदर्शन लुम्बिनी विकास बैंकको रहेको छ। बैंकको नाफा ३४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक देखिएको हो।

ब्याजदरमा आएको उतारचढाव, कर्जाको सुस्त वृद्धि, र निक्षेप संकलनमा आएको प्रतिस्पर्धाले विकास बैंकहरूको आम्दानीमा दबाब पारेको छ। यद्यपि केही बैंकहरूले सन्तुलित कर्जा नीति र सञ्चालन सुधारमार्फत नाफामा सुधार गर्ने संकेत देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?