National life

चुलिँदो अधिक तरलताले बैंक वित्तीय संस्था हैरान, अझै ऋण दिन मिल्ने रकम साढे १० खर्ब बढी 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ साउन २०८२, बुधबार
511Shares
चुलिँदो अधिक तरलताले बैंक वित्तीय संस्था हैरान, अझै ऋण दिन मिल्ने रकम साढे १० खर्ब बढी 
ncell

काठमाडौँ । बैंक वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (अधिक तरलता) चुलिएको समयमा नयाँ आर्थिक वर्ष लागेसँगै यस्तोक्रम झनै बढेको छ । गएको वर्ष ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेकोमा असार मसान्तमा बढेर साढे १० खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको असार मसान्त अर्थात् गत बुधवारसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७२ खर्ब ९२ अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.७८ प्रतिशत कायम छ।

Royal Enfield
nic asia capital

आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा १० खर्ब ५० अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ ।सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब रुपैयाँ छ । जबकि राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् ।

असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थासँग करिब ९ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ ऋण दिन मिल्ने रकम वित्तीय प्रणालीमा रहेको बैंक विश्लेषकहरूको भनाई छ । अहिले अर्थतन्त्रका बाह्य क्षेत्र बलिया रहेको, ब्याजदर निकै तल आइसकेकाले अब सरकारले लगानी विस्तारमा जोड दिनुपर्ने वित्तीय जानकारहरूको धारणा छ ।

बजारमा तरलता बढेसँगै राष्ट्र बैंकले ४२ दिनका लागि बजारबाट पैसा झिक्दै आएको छ । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ९६ अर्ब निक्षेप संकलन र ४ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेका छन् । यसरी निक्षेप संकलन र कर्जा विस्तारको अन्तर फराकिलो बन्दै जान थालेपछि राष्ट्र बैंकले लामो अवधिका लागि पैसा झिक्नुपर्ने अवस्था आएको हो ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको भएपनि। असारसम्म बैंकहरूले प्रवाह गरेको कर्जा लक्ष्यभन्दा २ खर्ब ५१ अर्ब रुपैयाँले कम छ । यो लक्ष्य पूरा गर्न बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा विस्तार गर्नुपर्ने थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ४२ अर्ब निक्षेप संकलन हुँदा २ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा विस्तार भएको थियो ।

गभर्नर विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो नीतिमा घरजग्गा, सेयर बजार, कृषि, उद्योगलगायत क्षेत्रमा थप कर्जा विस्तारमा जोड दिएका कारण कर्जा प्रवाहमा वृद्धि हुने अपेक्षा रहेको जानकारहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?