National life

जलविद्युत आयोजनाहरुको बीमा ‘डिट्यारिफ’ अनुसार गर्ने सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
967Shares
जलविद्युत आयोजनाहरुको बीमा ‘डिट्यारिफ’ अनुसार गर्ने सहमति
ncell

स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघ जलविद्युत आयोजनाहरुको बीमा पोलीसी जारी गर्दा अबदेखि De-Tariff मा जान सहमत भएका छन् । नेपाल वीमा प्राधिकरणले मिति २०७८।०३।०६ मा जारी गरेको निर्देशिका “Minimum Premium rate for non-tariff insurance” जारी गरेपछि इप्पान यसको विरोधमा आन्दोलनमै उत्रिएको थियो । निर्देशिका कार्यान्वयनपछि आयोजनाहरुको लागत बढ्न जाने तथा प्रिमियम मात्रै तिर्नुपर्ने तर दाबी भुक्तानी नपाउँदा बीमक र बीमित बीचमा विवाद बढ्ने भन्दै फिर्ता लिनुपर्ने इप्पानको माग गर्दै आएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा प्राधिकरणले इप्पान र बीमक संघलाई यसबारे सहमतिमा आउन निर्देशन दिएपछि इप्पानको तर्फबाट अध्यक्ष, गणेश कार्र्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी र उपाध्यक्ष उत्तम भ्लोन तथा नेपाल बीमक संघका तर्फबाट अध्यक्ष चंकी क्षेत्री, उपाध्यक्ष बीरेन्द्र वैदवार र महासचिव अशोककुमार खड्का भएको समिति गठन गरिएको थियो ।

यसैगरी इप्पान र बीमक संघको संयुक्त समितिले नेपाली पुर्नर्बीमा कम्पनीहरुलाई न्यूनतम बीमा भार प्रतिशत छुट्याउने बिमा प्राधिकरणको कदमलाई साथ दिँदै सो प्रतिशत बराबर नै जलविद्युत क्षेत्रको पनि बीमा गर्नुपर्ने बाध्यकारी नीति अवलम्बन गर्नुपर्ने निणर्यसहितको पत्र पनि बीमा प्राधिकरणमा पठाइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
967SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?