काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम केही निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचना जारी गरिएको हो ।
कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।
































