National life

समयमै काम नसक्ने चार कम्पनी कालोसूचीमा, तीन वर्षसम्म सरकारी ठेक्कामा रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
864Shares
समयमै काम नसक्ने चार कम्पनी कालोसूचीमा, तीन वर्षसम्म सरकारी ठेक्कामा रोक
ncell

काठमाडौं । सम्झौताअनुसार काम सम्पन्न नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने चारवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयले साउन २८ गते गरेको निर्णयअनुसार चार कम्पनीलाई निश्चित अवधिका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको हो। कार्यालयले शुक्रबार साउन २९ गते यससम्बन्धी सूचना सार्वजनिक गरेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गर्दै कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कालोसूचीमा पर्नेमा बाजुराको गोत्री–४ स्थित पूर्ण निर्माण सेवा सबैभन्दा लामो तीन वर्षका लागि प्रतिबन्धित भएको छ। कालीबहादुर शाही मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई पूर्वाधार विकास कार्यालय, सिमकोट, हुम्लाको सिफारिसमा कालोसूचीमा राखिएको हो।

त्यस्तै, बाँकेको नरैनापुर गाउँपालिकाको सिफारिसमा सैयद गाजी फत्ते निर्माण सेवा, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरको सिफारिसमा कालीकोटको जीडीएस कन्स्ट्रक्सन र महालेखा परीक्षकको कार्यालय, अनामनगरको सिफारिसमा काठमाडौंको टीम एशिया नेपाल प्रालिलाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

सैयद गाजी फत्ते निर्माण सेवाका मुख्य व्यक्ति ताहिर खाँ, जीडीएस कन्स्ट्रक्सनका सुरेन्द्रबहादुर बम र टीम एशिया नेपाल प्रालिका मुख्य व्यक्ति विक्रम सिंह बुढाथोकी रहेका छन्।

कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित कम्पनी तथा तिनका मुख्य व्यक्तिले कुनै पनि सार्वजनिक निकायले सञ्चालन गर्ने बोलपत्र वा अन्य सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?