National life

चीन–अमेरिका व्यापार विवाद चर्कियो, चिनियाँ ठूला कम्पनीहरू कालोसूचीमा

यस निर्णयप्रति चीनले कडा आपत्ति जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.5kShares
चीन–अमेरिका व्यापार विवाद चर्कियो, चिनियाँ ठूला कम्पनीहरू कालोसूचीमा
ncell

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रविधि तथा अटो क्षेत्रका ठूला कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई चीनको सेनासँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपसहित आफ्नो कालोसूचीमा समावेश गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको नयाँ अद्यावधिक सूचीमा यी कम्पनीहरूलाई “चिनियाँ सैन्य कम्पनी” को रूपमा उल्लेख गरिएको छ । वासिङ्टनले हरेक वर्ष जारी गर्ने यस सूचीमा यसपटक कुल १८८ कम्पनी समावेश भएका छन्, जुन अघिल्लो वर्ष १३४ थियो ।

अमेरिकी पक्षका अनुसार सूचीमा परेका कम्पनीहरूले चीनको सैन्य–नागरिक एकीकरण नीतिलाई विभिन्न रूपमा सहयोग पुर्‍याएको दाबी गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पेन्टागनले यस्ता कम्पनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चीनको सैन्य विकासमा संलग्न हुन सक्ने बताएको छ ।

यस निर्णयप्रति चीनले कडा आपत्ति जनाएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले यसलाई भेदभावपूर्ण र तथ्यहीन कदम भन्दै अमेरिकाले चिनियाँ कम्पनीहरूलाई अनुचित रूपमा लक्षित गरेको आरोप लगाएका छन् ।

उता अलीबाबाले आफूलाई कालोसूचीमा राख्नुको कुनै आधार नभएको बताउँदै कानुनी चुनौती दिने तयारी गरेको जनाएको छ । कम्पनीले आफू कुनै पनि सैन्य गतिविधि वा रणनीतिसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ ।

बीवाईडी र बाइडुले भने यस विषयमा हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?