National life

१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, सात दिनभित्र स्पष्टीकरण माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
930Shares
१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, सात दिनभित्र स्पष्टीकरण माग
ncell

काठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्नुअघि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

कार्यालयले बुधबार सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्ने आधार र प्रमाण भए सात दिनभित्र लिखित रूपमा पेस गर्न भनेको हो ।

विभिन्न सार्वजनिक निकायहरूले ती व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस गर्दै निवेदन दिएका थिए । यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन सूचना दिइए पनि सम्बन्धित पक्षबाट जवाफ नआएपछि पुनः सात दिनको समय दिइएको कार्यालयले जनाएको छ ।

तोकिएको अवधिमा चित्तबुझ्दो स्पष्टीकरण नआएमा सम्बन्धित व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
930SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?