काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको बीमा व्यवसाय १४.८४ प्रतिशतले वृद्धि भएको छ।
साथै, व्यवसायको आधारमा भने नेपाल लाइफ र नेशनल अग्रस्थानमा रहेको छन् । तर वैशाख महिनासम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने सबैभन्दा धेरै बीमा व्यवसाय भित्र्याउन सफल भएको छ । यस अवधिमा कम्पनीले ३६ अर्ब ५९ करोड रुपैयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएका छन्।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १७ अर्ब २० करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउन सफल भएका छ। साथै, सोही अवधिमा १५ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउँदै एलआइसी नेपाल तेस्रो स्थानमा रहेको छ।
गत वर्षको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन ५० प्रतिशतले वृद्धि भएर ८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत वर्षको यस कम्पनीले बीमाशुल्क आर्जन वृद्धिमा अग्र भागमा रहेको छ।
व्यवसाय वृद्धिमा आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपालले गत वर्षको तुलनामा २३ प्रतिशतले आफ्नो व्यवसाय वृद्धि गरेको छ। गत वर्षको ३ अर्ब ३४ करोड रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीले चालु आवको वैशाख मसान्तसम्म ४ अर्ब १४ करोड रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ।
त्यस्तै, सिटिजन लाइफ इन्सोरेन्स कम्पनीले गत वर्षको तुलनामा आफ्नो बीमा व्यवसाय २०.८३ प्रतिशतले वृद्धि गरेर ५ अर्ब ६८ करोड रुपैयाँ पुराएको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ७० करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो।
विस्तृत रूपमा तालिकामा हेर्नुहोस्







































