National life

जेठ महिनामा करीव ११ हजार बीमा पोलिसी सरेन्डर, कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० असार २०८१, बिहिबार
459Shares
जेठ महिनामा करीव ११ हजार बीमा पोलिसी सरेन्डर, कुन कम्पनीको कति ?
ncell

काठमाडौं । जेठ महिनामा एक अर्ब भन्दा बढी रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको सूचनाअनुसार जेठ महिनामा मात्रै १४ वटा जीवन बीमा कम्पनीहरुबाट १० हजार ९३५ वटा बीमा पोलिसीबाट एक अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको हो ।

चालु आर्थिक वर्षको जेठ महिनामा नेपाल लाइफ इन्स्योरेन्सको २ हजार २०९ वटा पोलिसी सरेण्डेर भएका छन् । उक्त पोलिसीहरुबाट कम्पनीको ३५ करोड ९७ लाख रुपैयाँ सरेण्डर भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield


त्यस्तै , लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडको एक महिनाको अवधिमा ३५ करोड ४९ लाख रुपैयाँ बराबरको ३ हजार ४६३ वटा पोलिसी सरेन्डर भएका छन् ।

राष्ट्रिय बीमा कम्पनीको ११ करोड ३० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । जेठ महिनामा यो कम्पनीको १ हजार ४०८ वटा बीमा पोलिसी सरेन्डर भएको छ। त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ६३६ वटा बीमा पोलिसीबाट ७ करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।

त्यस्तै, जेठ महिनामा मेट लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड २४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । एक महिनामा यो कम्पनीका ३९२ वटा पोलिसी सरेन्डर भएको हो ।

जेठ महिनामा एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७३ लाख रुपैयाँ बराबरको ७७६ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । यो अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा कम्पनीका १४७ वटा पोलिसी सरेन्डर भएका छन् ।

यसैगरी जेठ महिनामा सिटिजन लाइफको १ करोड २३ लाख रुपैयाँको २४६ वटा पोलिसी सरेन्डर भएको छ । यस अवधिमा सूर्यज्योति लाइफको ६ करोड ९७ लाख रुपैयाँ बराबरको ५९८ वटा, सानीमा रिलायन्स लाइफको १ करोड ६३ लाख रुपैयाँ बरारबको १२० पोलिसी, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ६३ लाख रुपैयाँ बराबरको ५६८ वटा र प्रभु महालक्ष्मी लाइफको ३ करोड ४२ लाख रुपैयाँको १८१ वटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले उपलब्ध गरिएको तथ्यांकमा देखिन्छ।

त्यस्तै, जेठ महिनामा सन नेपाल लाइफ इन्स्योरेन्सको ४४ लाख रुपैयाँ रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । जेठ महिनामा यो कम्पनीको ५७ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा रिलायबलको १३४ वटा बीमा पोलिसी सरेन्डर भएको छ ।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?