National life

जेनजी आन्दोलनपीडित व्यवसायीलाई ऋण पुनरतालिकीकरण -पुनरसंरचनाको सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१० असोज २०८२, शुक्रबार
1KShares
जेनजी आन्दोलनपीडित व्यवसायीलाई ऋण पुनरतालिकीकरण -पुनरसंरचनाको सुविधा
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित व्यवसायी ऋणीलाई राहत दिने व्यवस्था गरेको छ। गत भदौ २३ र २४ गतेको प्रदर्शनमा क्षति बेहोरेका उद्योग, व्यापार, व्यवसाय तथा प्रतिष्ठानलाई सम्बोधन गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ लाई संशोधन गरेको हो।

संशोधनअनुसार, प्रभावित ऋणीको अनुरोधमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले प्रभाव यकिन गरी कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना २०८२ पुस मसान्तभित्र गर्नुपर्नेछ। यसरी पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेका छन्, सोही वर्ग कायम राखेर कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ।

Royal Enfield
nic asia capital

त्यस्तै, आन्दोलनका कारण प्रत्यक्ष प्रभावित ऋणीसँग फरवार्ड लिंकेज भएका ऋणीलाई पनि कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरिएको छ। तर, यस अवस्थामा ऋणीले बुझाउनुपर्ने ब्याज रकममध्ये न्यूनतम ५ प्रतिशत असुल गरी मात्र पुनरतालिकीकरण/पुनरसंरचना गर्न सकिनेछ।

रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण देखिएको अवरोधबाट प्रभावित ऋणीलाई पनि व्यवसायमा परेको असरको यकिन गरी कर्जा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

साथै, केन्द्रीय बैंकले सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्दा ऋण–मूल्य अनुपात अधिकतम ६० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ। तर, जेनजी आन्दोलनबाट क्षतिग्रस्त भई प्रतिस्थापन गर्नुपर्ने व्यवसायिक सवारी तथा ढुवानीका साधनका लागि भने यो अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?