National life

जेनजी प्रदर्शन प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको सहुलियत, लगानीमा उत्साह जगाउने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
512Shares
जेनजी प्रदर्शन प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको सहुलियत, लगानीमा उत्साह जगाउने तयारी
ncell

काठमाडौं । हालैका जेनजी आन्दोलनका कारण प्रभावित व्यवसायीलाई मनोबल दिलाउन नेपाल राष्ट्र बैंकले विभिन्न सहुलियतपूर्ण व्यवस्था ल्याउने तयारी गरेको छ। राष्ट्र बैंकका अनुसार कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह तथा कम ब्याजदरमा ऋण उपलब्ध गराउने नीतिगत व्यवस्था अघि बढाइने छ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रस्तुत धारणा अनुसार, आन्दोलनपछि मूल्यवृद्धि लक्षित दायराभन्दा माथि जाने सम्भावना न्यून रहेको छ। त्यस्तै, विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको र रेमिट्यान्समा तत्काल असर नपर्ने अनुमान गरिएको छ।

Royal Enfield
nic asia capital

लगानीयोग्य रकम पर्याप्त

हाल बैंकिङ प्रणालीमा ८ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम उपलब्ध रहेको छ। ब्याजदर पनि सहज अवस्थामा रहेकाले भौतिक संरचना तथा अन्य क्षेत्रमा आवश्यक लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ।

निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक

कार्यक्रममा बोल्ने वक्ताहरूले निजी क्षेत्रलाई लगानीमा उत्साहित बनाउन सरकारले अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। तरलता व्यवस्थापन, लगानी प्रतिफलको सुनिश्चितता र सहुलियतपूर्ण नीतिहरूलाई प्राथमिकतामा राखेर मात्र व्यवसायी तथा लगानीकर्ताको मनोबल उच्च बनाउन सकिने धारणा व्यक्त गरिएको छ।

आर्थिक वृद्धिको आशा

राष्ट्र बैंकले प्रस्तुत गरेको प्रक्षेपणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा ५.५ देखि ६ प्रतिशतसम्म आर्थिक वृद्धिदर हासिल गर्ने सम्भावना रहेको छ। यसका लागि उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

नयाँ अवसर र क्षेत्रीय सुधार

कोरोना महामारीपछि आईटी क्षेत्रमा देखिएको सुधारलाई उदाहरण दिँदै, आगामी दिनमा पनि नयाँ अवसर पहिचान गरेर अघि बढ्नुपर्नेमा सरोकारवालाहरू एकमत देखिए। पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएको सुधारलाई समेत अर्थतन्त्रलाई टेवा पुग्ने सकारात्मक संकेतका रूपमा लिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?