National life

“जेन–जी आन्दोलनमा ६८ बैंक शाखा र ६९ एटीएममा क्षति, राष्ट्र बैंक सहयोगमा तत्पर”

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1KShares
“जेन–जी आन्दोलनमा ६८ बैंक शाखा र ६९ एटीएममा क्षति, राष्ट्र बैंक सहयोगमा तत्पर”
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेन–जी आन्दोलनका क्रममा देशभरका बैंक तथा वित्तीय संस्थामा ठूलो क्षति पुगेको बताएका छन्। सोमबार अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा उनले आन्दोलनका प्रदर्शनकारीहरूले ६८ वटा शाखा र ६९ वटा एटीएम तोडफोड गरेको जानकारी दिएका हुन्।

गभर्नर पौडेलले भने, “जेन–जी प्रदर्शनका कारण बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ। यो परिस्थिति अत्यन्त दुखद् भए पनि अहिले जनताको मनोबल उकास्ने समय हो।

Royal Enfield
nic asia capital
राष्ट्र बैंक यस संकटका बीचमा पनि सक्दो सहयोग र सहजीकरण गर्न तयार छ।”

उनका अनुसार, राष्ट्र बैंकले प्रभावित क्षेत्रका वित्तीय सेवा पुनःसञ्चालन गर्न आवश्यक पहल गर्ने तयारी गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?