काठमाडौँ । काठमाडौँ न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरूले आफफोनमा ५% र म्याकबुकको खरिदमा ५% छुट पाउने छन् । यस्तै आइफोन तथा म्याकबुकको एसेसोरिजमा २०% छुट पाउने भएका छन् ।
सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाख भन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।































