National life

ज्योति विकास बैंकको नाफा शत प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
488Shares
ज्योति विकास बैंकको नाफा शत प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि सुधार
ncell

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यही समीक्षा अवधिको तुलनामा १०१.१४ प्रतिशत बढी नाफा कमाएको हो । गत वर्ष यस बैंकले १५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफा बढेको छ भने इम्पेयरमेन्ट चार्ज घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको इम्पेयरमेन्ट चार्ज ८३ करोडबाट घटेर ५२ करोड १६ लाख रुपैयाँमा झरेको छ । यसको सञ्चालन नाफा पनि ९८.३८ बढेको छ । गत वर्ष २२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले अहिले बढाएर ४३ करोड ७९ लाख रुपैयाँ पुर्‍याएको छ ।

ज्योतिको खुद ब्याज आम्दानी भने ७.१९ प्रतिशतले घटेर १ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ जम्मा रहेको छ ।

बैंकको नाफासँगै प्रति शेयर आम्दानी पनि बढेको छ । गत वर्ष ४ रुपैयाँ ६२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर ९ रुपैयाँ ३ पैसा कायम भएको छ । बैंकको प्रति शेयर नेटवर्थ १५१.९ रुपैयाँ रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?