National life
cg eloctronics

डस्टबिनबाट सुन निकाल्दै गर्दा त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ माघ २०८२, बुधबार
1.4kShares
डस्टबिनबाट सुन निकाल्दै गर्दा त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
muktinatha bikash bank

काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डस्टबिनबाट सुन निकाल्दै गरेको अवस्थामा एक जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय डिकबहादुर राउत रहेका छन्।

राउत सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थलमा सरसफाइको काम गर्दै आइरहेका थिए। उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार, राउतले डस्टबिनको फोहोरबाट सुन निकालेर बाहिर लैजान लाग्दा पक्राउ गरिएको हो। फोहरको पोको जाँच गर्दा ४.४ ग्राम सुन फेला परेको बताइएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?