National life

डिजिटल भुक्तानीको उछालसँगै एटीएम कारोबार १५ % घट्दा क्यूआर ७६ % ले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
966Shares
डिजिटल भुक्तानीको उछालसँगै एटीएम कारोबार १५ % घट्दा क्यूआर ७६ % ले बढ्यो
ncell

काठमाडौं। बैंक वित्तीय संस्थामा आएको उच्च प्रविधिका कारण नेपालमा नगदमा आधारित कारोबार क्रमशः खुम्चिँदै गएको छ। क्यूआर कोड, मोबाइल बैंकिङ र डिजिटल वालेटहरूको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव एटीएम प्रयोगमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा सर्वसाधारणले एटीएमबाट करिब ७३ अर्ब रुपैयाँ मात्र झिकेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ८६ अर्ब ४७ करोड रुपैयाँको तुलनामा उल्लेख्य रूपमा कम हो।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार एटीएममार्फत हुने कारोबार करिब १५ प्रतिशतले घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रकम मात्र होइन, एटीएम प्रयोगको संख्या पनि घट्दो मात्रामा रहेको छ । यस वर्ष माघमा करिब ९२ लाख ८९ हजार पटक एटीएम प्रयोग भएकोमा अघिल्लो वर्ष यही अवधिमा यो संख्या एक करोड नाघेको थियो।

डिजिटल कारोबारतर्फ भने उल्लेख्य उछाल देखिएको छ। एक वर्षको अवधिमा ईसेवा, खल्तीलगायत डिजिटल वालेटमार्फत हुने कारोबार करिब २२ प्रतिशतले बढेको छ भने क्यूआर भुक्तानी ७६ प्रतिशतले उकालो लागेको छ। त्यस्तै मोबाइल बैंकिङ ४० प्रतिशत, इन्टरनेट बैंकिङ २५ प्रतिशत र कनेक्ट आईपीएस २३ प्रतिशतले वृद्धि भएका छन्।

एटीएम तथा डेबिट कार्ड प्रयोग घट्दै जाँदा बैंकहरूले पनि आफ्ना सेवाहरू पुनर्संरचना गर्न थालेका छन्। ग्राहकको चाप र आवश्यकताअनुसार केही स्थानमा एटीएम मेसिन हटाउने तथा सहरी क्षेत्रका शाखाहरू समायोजन र एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। राष्ट्र बैंकले पनि महानगरपालिकाभित्र शाखा समायोजन गर्न सकिने व्यवस्था गरेपछि बैंकहरू यसतर्फ सक्रिय भएका छन्।

डिजिटल प्रविधिको तीव्र विस्तार, नीतिगत हस्तक्षेप र उपभोक्ताको बदलिँदो व्यवहारका कारण नेपाल क्रमशः नगदमुखी अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण हुँदै गएको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
966SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?