National life

डिजिटल माध्यमले नगदको प्रयोग घटाउँदै, साउनमा ४ खर्ब ७४ अर्बको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
592Shares
डिजिटल माध्यमले नगदको प्रयोग घटाउँदै, साउनमा ४ खर्ब ७४ अर्बको कारोबार
ncell

काठमाडौं। चालु आर्थिक वर्षको साउन महिनामा मोबाइल बैंकिङमार्फत कुल ४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल राष्ट्र बैंकको विवरण अनुसार यस अवधिमा मोबाइल बैंकिङका ६ करोड ३१ लाख पटक लेनदेन भएको हो ।

पछिल्लो समय मोबाइल बैंकिङ गर्ने प्रयोगकर्ताहरूको संख्या लगातार बढिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिको व्यापक प्रयोग गर्दै ग्राहकलाई छिटो, सहज र सुरक्षित सेवा उपलब्ध गराइरहेका छन्।

Royal Enfield
nic asia capital
सरकारले पनि डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्दै नगद–मुक्त कारोबारलाई प्रोत्साहित गरिरहेको छ।

त्यसैगरी, डेबिट कार्ड प्रयोगकर्ताहरूले साउनमा १ करोड ९ लाख पटक कारोबारमार्फत कुल ८५ अर्ब ८३ करोड रुपैयाँको भुक्तानी गरेका छन्। यसले उपभोक्ताले कार्ड प्रयोग गरी वस्तु तथा सेवाको भुक्तानी गर्ने प्रवृत्ति तीव्र रूपमा बढेको देखाउँछ।

क्यु–आर कोड मार्फत भुक्तानी (QR Code Payment) प्रणाली पनि लोकप्रिय हुँदै गएको छ। यस अवधिमा क्यु–आर कोड भुक्तानी अन्तर्गत ४ करोड ९ लाख कारोबार सम्पन्न भए र कुल १ खर्ब ६७ करोड रुपैयाँ बराबरको भुक्तानी गरिएको छ। यसबाट स्पष्ट देखिन्छ कि डिजिटल भुक्तानीका विभिन्न माध्यम/मोबाइल बैंकिङ, कार्ड र क्यु,आर कोड द्वारा नगदको प्रयोग घट्दै गएको छ।

विशेषज्ञहरूले डिजिटल भुक्तानी प्रविधिको विस्तारले आर्थिक समावेशीकरण बढाउने, नगद कारोबार घटाउने र वित्तीय प्रणालीलाई पारदर्शी बनाउन सहयोग पुग्ने बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?