National life

डेपुटी गभर्नरका लागि ४ नाम सिफारिस, मन्त्रिपरिषद्को बैठक कुर्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
961Shares
डेपुटी गभर्नरका लागि ४ नाम सिफारिस, मन्त्रिपरिषद्को बैठक कुर्दै राष्ट्रबैंक
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नर नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेका छन्। फागुन २५ गतेदेखि रिक्त रहेको उक्त पदमा नयाँ सरकार गठन भएसँगै नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

नेपाल राष्ट्र बैंक ऐन,२०५८ अनुसार गभर्नरले उत्कृष्ट कार्य सम्पादन गरेका कार्यकारी निर्देशकहरू मध्येबाट चार जनाको नाम नेपाल सरकारसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार नामहरू पठाइसकिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/86855

अब अर्थमन्त्रीले ती नाममध्येबाट एक जनालाई छनोट गरी मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने छन्। आगामी मन्त्रीपरिषद् बैठकले डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ।

राष्ट्र बैंक स्रोतका अनुसार सिफारिस सूचीमा लामो अनुभव भएका तथा हालै मात्र कार्यकारी निर्देशक बनेका दुवै समूहका अधिकारीहरू समावेश छन्। सबै उम्मेदवार योग्य देखिएकाले अन्तिम छनोट कार्यसम्पादन, अनुभव र समग्र क्षमता मूल्यांकनका आधारमा हुने अपेक्षा गरिएको छ।

https://youtu.be/02Oo0JdDvac?si=q6xVFfA0fvk--luG

डेपुटी गभर्नर नियुक्त प्रक्रिया

राष्ट्र बैंक ऐनको दफा १६ मा डेपुटी गभर्नर नियुक्ति सम्बन्धी व्यवस्था गरिएको छ। दफा १६ को उपदफा (१) मा नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा डेपुटी गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ । सोही दफाको उपदफा (२)मा गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिस गर्दा राष्ट्र बैंकका विशिष्ट अधिकृतहरूमध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

दुवै डेपुटी गभर्नर रिक्त रहेकोले ४ जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । यसरी डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति राष्ट्र बैंकको सेवाबाट स्वतः निवृत्त भएको मानिने व्यवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
961SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?