National life

डेबिट कार्डमार्फत रकम झिक्ने सीमा घट्यो, अब प्रतिदिन ५० हजार मात्र

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२४ असोज २०८२, शुक्रबार
1.3kShares
डेबिट कार्डमार्फत रकम झिक्ने सीमा घट्यो, अब प्रतिदिन ५० हजार मात्र
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट रकम झिक्न पाउने सीमा घटाएको छ । केन्द्रीय बैंकले आज (शुक्रबार) भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै डेबिट कार्डबाट रकम झिक्न पाउने सीमा घटाएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट जारी डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रुपैयाँ, प्रतिदिन रकम ५० हजार रुपैयाँ र प्रतिमहिना ३ लाख रुपैयाँसम्म रकम झिक्न पाइने व्यवस्था गरेको छ । यसअघिको व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन रकम १ लाख रुपैयाँ र प्रतिमहिना ४ लाख रुपैयाँसम्म रकम झिक्न पाइने व्यवस्था थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले प्रिपेड कार्ड र क्रेडिट कार्डको कारोबार रकम सीमा भने यथावत नै राखेको हो । जसअनुसार प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँ, प्रतिदिन रकम २० हजार रुपैयाँ प्रतिमहिना २ लाख रुपैयाँ झिक्न पाइने छ । क्रेडिट कार्डबाट भने स्वीकृत सीमाको १० प्रतिशतसम्म कारोबार गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?